Political Hightlights

दुई चिरा भए पनि संसदमा नेकपाको ओली र प्रचण्ड–नेपाल समूह सत्तापक्षकै बेञ्चमा

हिमालय टिभी
२०७७ फागुन २२ गते ७:२२
दुई चिरा भए पनि संसदमा नेकपाको ओली र प्रचण्ड–नेपाल समूह सत्तापक्षकै बेञ्चमा

२२ फागुन २०७७ काठमाडौं । सत्तारुढ नेकपा दुई चिरामा बाँडिए पनि संसदमा भने ओली र प्रचण्ड–नेपाल पक्षलाई सत्तापक्षकै बेन्चमा देख्न पाइने भएको छ ।

दल विभाजन नभइसकेका कारण उनीहरू सत्तापक्षकै बेन्चमा बस्नेछन् । संसद् सचिवालयका अनुसार नेकपाका सबै सांसदलाई सत्तापक्षकै बेन्चमा राखिनेछ ।

संसदमा सत्तापक्ष, प्रतिपक्षी र मन्त्रीलाई तीनवटा सेटमा छुट्याइएको हुन्छ । नेकपाका कानूनी रुपमा विभाजन नभएकाले सबै सांसद सत्तापक्षकै बेन्चमा बस्नु पर्ने भएको हो ।

राष्ट्रिय सभाको बैठकमा पनि एकै ठाउँमा बस्ने व्यवस्था गरेको सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्