Main News

नेकपा विवाद तत्काल समाधान गर्न आयोगसँग प्रचण्ड–नेपाल समूहको आग्रह

हिमालय टिभी
२०७७ फागुन २१ गते १७:५०
नेकपा विवाद तत्काल समाधान गर्न आयोगसँग प्रचण्ड–नेपाल समूहको आग्रह

२१ फागुन २०७७ काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले नेकपाको अधिकारिकता विवादलाई तत्काल समाधान गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

यो समूहका नेताहरु लिलामणि पोख्रेल, रामनारायण बिडारी र राजेन्द्र पाण्डेले आयोगमा पुगेर विवाद समाधान तत्काल गर्न आग्रह गर्नुभएको हो । आयोगमा पुगेका पोख्रेलले आफूले गर्नुपर्ने काम समयमा नै नगरेर आयोग आफ्नो जिम्मेवारीबाट च्युत भएको त हैन भन्ने प्रश्न गरेको जानकारी दिनुभयो ।

जवाफमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पर्सि आइतबार आयोगको बैठक बस्ने र त्यही दिनबाट विवाद समाधानको प्रक्रिया शुरु गर्ने आश्वासन दिनुभएको छ ।

नेकपाको विभाजनसम्बन्धी विवाद निर्वाचन आयोगमा अड्किएको छ । प्रचण्ड नेपाल समूहले आधिकारिकताको निवेदनसहित पटकपटक आग्रह गरे पनि निर्वाचन आयोगले ढिलाई गरेको छ ।

प्रचण्डनेपाल समूहको केन्द्रीय कमिटीको बैठकले आधिकारिकताबारे निर्णय दिन ढिला गरेकोमा निर्वाचन आयोगप्रति यसअघि नै खेद व्यक्त गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *