Political Hightlights

सार्वजनिक भएलगत्तै काठमाडौं आएका विप्लव बालुवाटारमा

हिमालय टिभी
२०७७ फागुन २१ गते १३:०९
सार्वजनिक भएलगत्तै काठमाडौं आएका विप्लव बालुवाटारमा

२१ फागुन २०७७ काठमाडौं । सरकार र विप्लव नेतृत्वको नेकपाले आज काठमाडौंमा संयुक्त कार्यक्रम गरेर हिजो भएको सहमति सार्वजनिक गर्दैछन् ।

राष्ट्रियसभागृहमा २ बजेपछि हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्नुहुनेछ । भूमिगत रहेका महासचिव विप्लव काठमाडौं आइपुग्नुभएको छ ।

नवलपरासीबाट प्रहरीको स्कर्टिङमा विप्लव आजै काठमाडौं आइपुग्नुभएको हो । उहाँ पश्चिम नेपालबाट हिजो नवलपरासीको अमरापुरीमा आएर बस्नु भएको थियो ।

आज बिहान उहाँले अमरापुरीमा सहिद परिवारसँग भेट गरेर काठमाडौं हिडनु भएको थियो । विप्लव काठमाडौं आइपुगे लगत्तै बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ ।

तीन वर्षसम्म भूमिगत रहेका विप्लव सरकारसँग हिजो सहमति भएसँगै सार्वजनिक हुनु भएको हो । सहमतिसँगै विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आउन सहमत भएको छ ।

साथै सरकारले सो समूहमाथि लगाएको प्रतिबन्ध हटाएको छ भने पक्राउ परेका नेता कार्यकर्तालाई रिहा गरेको छ । हिजो सार्वजनिक भएको सहमतिमा हतियार व्यवस्थापनबारे केही उल्लेख छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्