Political Hightlights

ओलीले बोलाए संसदीय दलको बैठक

हिमालय टिभी
२०७७ फागुन २० गते २०:४४
ओलीले बोलाए संसदीय दलको बैठक

२० फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनु भएको छ ।

बैठक फागुन २२ गते दिउँसो ३ बजे बोलाइएको ओली प्रक्षका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नेकपाका सबै १ सयय ७३ सांसदलाई एसएमएसबाट बैठकको जानकारी गराइएको उहाँले जानकारी दिनुभयो ।

यो एसएमएस नेकपा विभाजन पछि छुट्टिएका प्रचण्डनेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई पनि पठाइएको छ ।

प्रतिनिधि सभाको बैठक फागुन २३ गते अपराहन्न ४ बजेलाई बोलाइएपछि त्यसको एक दिन अघि नेकपाको ओली पक्षले संसदीय दलको बैठक बोलाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्