Main News
लोकतन्त्रलाई अलपत्र छाडेर म जिम्मेवारीबाट भाग्दिनँः वरिष्ठ नेता पौडेल (भिडियो रिपोर्टसहित)
२०७७ फागुन १८ गते १९:१७
१८ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रलाई अलपत्र छोडेर आफू जिम्मेवारीबाट नभाग्ने बताउनु भएको छ ।
भक्तपुरमा आज आयोजित कार्यक्रममा नेता पौडेलले आफू पार्टीको उद्धारकको प्रतिक्षामा रहेको बताउनुभयो ।
उहाँले नेतृत्वका लागि युवा पुस्ता अघि आए फूलमाला लिएर स्वागत गर्न तयार रहेको तर त्यसो नभएसम्म जिम्मेवारीबाट पछि नहट्ने बताउनुभयो ।
पौडेलले कांग्रेसले संघ र प्रदेश सरकारमा विपक्षीको भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो । उहाँले कम्युनिष्ट पार्टीले आफ्नो टुंगो नलगाएसम्म कांग्रेस सरकारमा जान नहुने बताउनुभयो ।
सांसद किनवेचको विकृति विकृतिबाट लोकतन्त्र बचाउन सबै लाग्नुपर्ने पनि नेता पौडेलले बताउनुभयो ।
प्रतिक्रिया