पूर्वप्रम भट्टराईलाई तत्काल ट्युमरको शल्यक्रिया गर्न चिकित्सकको सुझाव
१७ फागुन २०७७ काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको तत्कालै ट्युमरको शल्यक्रिया गर्नुपर्ने चिकित्सकको सुझाव छ ।
स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्लीमा रहेका भट्टराईको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् । न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशंकामा भट्टराई चिकित्सकको सल्लाहअनुसार परीक्षणका लागि भारत जानु भएको थियो ।
तर, बायोप्सी परीक्षणमा क्यान्सर नभएको पुष्टि भएको भट्टराईका प्रेस सल्लाहाकार विश्वदीप पाण्डेले जानकारी दिनुभयो । अब दुई–तीन महिनाभित्रै ट्युमरलाई शल्यक्रिया गरेर झिक्नुपर्ने नभए क्यान्सरको खतरा रहने चिकित्सकको भनाइ छ ।
भट्टराई गत फागुन १० गतेदेखि दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा परीक्षण तथा डा. प्रोफेसर विक्रम भाटियासँग परामर्शमा हुनुहुन्छ । डाक्टर भट्टराई भोलि स्वदेश फर्कँदै हुनुहुन्छ ।
प्रतिक्रिया