Main News

पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था अझै जटिल तर सुधारोन्मुख

हिमालय टिभी
२०७७ फागुन १६ गते १४:३०
पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था अझै जटिल तर सुधारोन्मुख

१६ फागुन २०७७ काठमाडौं । नेपाली कंग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुन थालेको छ ।

शुक्रबार बिहान मष्तिष्कघात भई नर्भिक अस्पतालमा भर्ना हुनुभएका नेता जोशीको आइसीयूको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । शनिबारको तुलनामा उहाँको स्वास्थ्य अवस्था आइतबारसम्ममा निकै सुधार देखिएको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिनुभयो ।

झाका अनुसार शनिबारभन्दा आइतबार नेता जोशीले दाहिने हात र खुट्टा बढी चलाउनुभएको छ । जोशीलाई आइतबार बिहानदेखि नै बेहोस् पार्ने औषधि दिन छाडिएको छ । तैपनि उहाँले आँखा भने खोल्नुभएको छैन ।

यस्तै, आइतबार जोशीको सिटी स्क्यान पनि गरिएको छ । जसअनुसार उहाँको टाउकोमा जमेको रगत र रक्तमिश्रित पानी समेत लगभग सफा भएको पाइएको छ ।
‘उहाँको अवस्था अझै खतरामुक्त भने छैन ।’ डा. झाले भन्नुभयो–‘उहाँको अहिलेको अवस्थालाई जटिल, तर सुधारोन्मुख भन्नुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *