Main News

मस्तिष्कघात भएका पूर्वमन्त्री जोशीको अवस्था स्थिर र गम्भीर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १४ गते १६:५७
मस्तिष्कघात भएका पूर्वमन्त्री जोशीको अवस्था स्थिर र गम्भीर (भिडियो रिपोर्टसहित)

१४ फागुन २०७७ काठमाडौं । पूर्वउद्योगमन्त्री एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सुधार नदेखिएको अस्पतालले बताएको छ ।

आज दिउँसो पत्रकारहरुसँग कुरा गर्दै नर्भिक अन्तर्राष्ट्रिय हस्पिटलका चिकित्सक डा. राजीव झाले जोशीको स्वास्थ्य अवस्था स्थिर रहेकाले भेन्टिलेटरमा उपचार भइराखेको बताउनुभयो ।

जोशीलाई मस्तिष्कघात भएपछि आज बिहान थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका लागि लगिएको थियो । स्वास्थ्य अवस्था स्थिर देखिए पनि सुधार हुने सम्भावना भने कायमै रहेको चिकित्सक झाले बताउनुभयो ।

टाउकोको सिटिस्क्यान गर्दा दिमागमा रगत र पानी जमेको पाइएको पनि डा. झाले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘आँखाको नानी फुलेको देखियो । दुवैतिर कसैको आँखाको नानी फुलेको छ भने त्यो अलमोस्ट डेथ मान्छेहरुमा त्यस्तो देखिन्छ । एकातिर त्यस्तो देखिनु भनेको आधार दिमागले राम्रोसित काम नगरेको जस्तो देखिसक्यो भनेपछि पक्कै पनि रगत बग्ने भइरहेको छ भनेर तुरुन्तै सिटिस्क्यान गर्‍यौं । सिटिस्क्यान गर्दा रगत जुन थियो त्यो दिमागको बिच भागमा एउटा सानो तलाउजस्तो हुन्छ त्यहाँ पानी बन्छ त्यो ठाउँमा गएर पानी निस्कने बाटो बन्द गरेर टाउकोमा पानी पनि जम्दै राखेको देखेँ ।

टाउकोमा जमेको पानी निकाल्न एक्स्टर्नल भेन्ट्रिकुलर ड्रेन (इभिडी) राखिएको र १ सय ३० एमएल जति पानी निकालिएको पनि डा. झाले बताउनुभयो । त्यसपछि रक्तचाप कम भएकाले रक्तचाप बढाउने औषधि दिइएको पनि उहाँले बताउनभुयो ।

यस्तो अवस्था जटिल हुने पनि डा. झाले बताउनुभयो । उहाँले भन्नुभयो ‘यो अवस्था एकदमै जतिल अवस्था हो । विश्वमा हेर्ने हो भने यस्तो किसिमको मान्छेहरुमा १ सय प्रतिशतमा ६०/७० प्रतिशतको मृत्यु हुन्छ । अहिले कसरी हुन्छ बचाउनेतिर हामी लागिरहेका छौं । जो ३० प्रतिशत जति बाँच्नुहुन्छ उहाँहरुमा ठूलो प्यारालाइसिस रहने सम्भावना लामो समयसम्म रहन्छ ।’

नर्भिक अस्पतालमा आइपुग्दा जोशी कोमाको अवस्थामा रहनुभएको र वान्ता भई फोक्सोमा असर भएकाले शास फेर्न गाह्रो भइराखेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *