केन्द्रदेखि प्रदेशसम्म ओली समूहलाई निस्तेज पार्ने योजनामा प्रचण्ड–नेपाल समूह
१४ फागुन २०७७ काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूह संघ हुँदै प्रदेश सरकारकै नेतृत्व फेरबललाई केन्द्रमा राखेर अगाडि बढ्ने रणनीतिमा लागेको छ।
शुरुमा ओलीको सत्ताच्यूत गर्नका लागि समीकरण थालेको यो समूह वर्तमान सरकार परिवर्तन गर्ने र यही समीकरणका आधारमा प्रदेश सरकारको नेतृत्वसमेत फेरबदल गर्ने रणनीतिमा लागेको हो ।
ओलीप्रति क्रुद्ध यो समूहले संघदेखि प्रदेश सरकारसम्म बर्चश्व तोड्नेगरी सत्ता समीकरणको अभ्यास थालनी गरेको जनाएको छ। यस समूहका नेता युवराज ज्ञवालीका अनुसार केपी ओलीबाहेकका शक्तिसँग समीकरण गरेर नयाँ सत्ता सञ्चालनको अभ्यास थालनी हुनेछ।
तर अहिले संघीय सरकारको नेतृत्वका विषयमा समीकरणको प्रयास थालनी भएको र प्रदेश सरकारका विषयमा हात हालिनसकेको ज्ञवालीको भनाइ छ । प्रदेश १ र बाग्मतीका मुख्य मन्त्रीविरुद्ध अविश्वासको प्रसताव दर्ता गरिसकेको छ ।
संघीय सरकारका लागि बन्ने समीकरणले यी दुईबाहेक ओली समूहले नेतृत्व गरेका अन्य प्रदेशमा पनि हात हाल्ने तयारी गरेको छ ।
ओली समूहलाई निस्तेज पार्ने बलियो अस्त्रका रूपमा रहेको नेपाली कांग्रेसलाई यो समूहले आफ्नो सत्ता सहयात्रीका रूपमा हेरेको छ। तर नेकपा कानूनी रुपमा विभाजित नहुँदासम्म कांग्रेस भने कतै नखुल्ने बताएको छ ।
प्रतिक्रिया