Political Hightlights

सर्वोच्चको फैसलाप्रति नेकपा अध्यक्ष प्रचण्डले दिए यस्तो प्रतिक्रिया (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ११ गते १९:०४
सर्वोच्चको फैसलाप्रति नेकपा अध्यक्ष प्रचण्डले दिए यस्तो प्रतिक्रिया (भिडियो रिपोर्टसहित)

११ फागुन २०७७ काठमाडौं । सर्वोच्च अदालतको फैसलाप्रति नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि प्रतिक्रिया आएको छ ।

भोलि हुने पार्टीको सभालाई सम्बोधन गर्न अर्का अध्यक्ष माधवकुमार नेपालसँगै चितवन पुगेका प्रचण्डले अब प्रधानमन्त्री केपी शर्मा ओली वाहेकसँग सहमति गरेर अघि बढ्ने प्रतिक्रिया दिनुभयो ।

उहाँले प्रधानमन्त्री ओलीतर्फ संकेत गर्दै प्रतिगमनकारीसँग भने तत्काल सहकार्य नहुने प्रष्ट पार्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा भोलि चितवनमा हुने विरोध सभालाई अब विजय जुलुसमा परिणत हुने नेताहरुले बताएका छन् ।

पुनर्स्थापनाको खबर सुनेपछि प्रचण्ड र नेपालले खुसी साटासाट गरेर एक अर्कालाई बधाइ दिनुभएको थियो ।

सर्वोच्चको आदेश आएपछि प्रचण्डले ‘नेपाली जनताले आफैं लेखेको संविधानको जित भएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्