Main News

प्रदेशसभा भंग हुन सक्ने मुख्यमन्त्री राईको चेतावनीप्रति प्रचण्ड–नेपाल समूहको आपत्ति

हिमालय टिभी
२०७७ फागुन ८ गते १७:२८
प्रदेशसभा भंग हुन सक्ने मुख्यमन्त्री राईको चेतावनीप्रति प्रचण्ड–नेपाल समूहको आपत्ति

८ फागुन २०७७ काठमाडौं । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले प्रदेशसभा भंग हुनसक्ने भनि दिएको चेतावनीप्रति नेकपा प्रचण्ड–नेपाल समूहले आपत्ति जनाएको छ ।

प्रचण्ड–नेपाल समूहका प्रदेश–१ का संसदीय दलका नेता भीम आचार्यले प्रदेश सभा भंग गर्ने धम्की नदिन मुख्यमन्त्री राईलाई चेतावनी समेत दिनुभएको छ ।

काठमाडौंमा आज पत्रकार सम्मेलन गरी नेता आचार्यले मुख्यमन्त्री राईसँग प्रदेशसभा भंग गर्ने तागत नभएको बताउनुभयो । मुख्यमन्त्रीले प्रदेश सभाका सभामुख, उपसभामुख र सांसदलाई धम्क्याउने र तर्साउने काम गरिराखेको भन्दै आचार्यले त्यसको कडा प्रतिवाद हुने बताउनुभयो ।

सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री राई संसदबाट भागिरहेको आचार्यले बताउनुभयो । संविधानले नै २५ प्रतिशत सांसदलाई अविश्वास प्रस्ताव दर्ता गर्ने अधिकार दिएको भन्दै उहाँले सरकारले नै बैठक बस्न नदिनु आपत्तिजनक भएको टिप्पणी गर्नुभयो । आचार्यले प्रतिगमनलाई घुँडा टेकाएर छाड्ने पनि बताउनुभयो ।

प्रदेश १ मा नेकपाकै सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् । तर मुख्यमन्त्रीले प्रदेशसभामा प्रस्तावमाथि छलफल गर्न नदिने अडान राखिरहनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *