Main News
कानूनी उपचार खोज्छु : तिलक परियार (भिडियो रिपोर्टसहित)
२०७७ फागुन ७ गते २०:१३

७ फागुन २०७७ काठमाडौं । पदबाट हटाइएका प्रदेश २ का प्रमुख तिलक परियारले कानूनी उपचार खोज्ने बताउनुभएको छ ।
आज हिमालय टेलिभिजनसँग कुरा गर्दै उहाँले आफुलाई विना कारण पदमुक्त गरिएको बताउनुभयो । पूर्व कुनै जानकारी नदिइ आफुलाई हटाइएको भन्दै परियारले यसविरुद्ध कानूनी उपचारमा जाने प्रतिक्रिया दिनुभयो । उहाँले यो कदम सिंगो दलित समूदायमाथिकै आक्रमण भएको दाबी पनि गर्नुभयो ।
आफुलाइ यसबारे कुनै संकेत नभएको भन्दै उहाँले निर्णय सुन्दा आफु अचम्ममा परेको बताउनुभयो । आफुले इमान्दारीपूर्वक काम गरिरहेको पनि उहाँले बताउनुभयो ।
अब काठमाडौं आएर आगामी कदमबारे छलफल गर्ने पनि निवर्तमान प्रदेश प्रमुख परियारले बताउनुभयो ।
प्रतिक्रिया