Main News

प्रदेश प्रमुख पदमुक्त गर्ने निर्णयविरुद्ध कांग्रेस र प्रचण्ड–नेपाल समूहको यस्तो प्रतिक्रिया (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ७ गते १९:१७
प्रदेश प्रमुख पदमुक्त गर्ने निर्णयविरुद्ध कांग्रेस  र प्रचण्ड–नेपाल समूहको यस्तो प्रतिक्रिया (भिडियो रिपोर्टसहित)

७ फागुन २०७७ काठमाडौं । प्रदेश २ का प्रमुख तिलक परियारलाई हटाउने ओली सरकारको निर्णयका बारेमा नेकपाको प्रचण्ड–नेपाल समूह र नेपाली कांग्रेसको प्रतिक्रिया आएको छ ।

दुवै दलले ओली सरकारको कदमको विरोध गर्दै त्यसलाई स्वेच्छाचारी र गलत भनेका छन् । नेकपाको प्रचण्ड–नेपाल समूहले ओली सरकारको कदमलाई फासीवादतर्फको यात्रा भनेको छ । उसले ओली सरकारलाई छिट्टै तह लगाउने चेतावनी पनि दिएको छ ।

यस्तै नेपाली कांग्रेसले विज्ञप्ति निकालेर प्रदेश २ को प्रदेश प्रमुखबाट तिलक परियारलाई बर्खास्त गरेर सरकारले स्वेच्छाचारी प्रवृत्ति दोहोर्‍याएको आरोप लगाएको छ ।

प्रदेश प्रमुखको बर्खास्ती र नयाँ नियुक्तिको विरोध पनि गरेको छ ।सरकारको कदमबाट प्रदेश प्रमुखको गरिमा थप घटाउँदै जाने काम भएको प्रवक्ता विश्वप्रकाश शर्माले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्तितर्फ लाग्नु नैतिक आचारको दृष्टिले गलत र आपत्तिजनक भएको कांग्रेसको प्रतिक्रिया छ ।

संसद् विघटनको असंवैधानिक कदम पछि काम चलाउ स्थितिमा पुगेको सरकारले यसरी बर्खास्त र नियुक्तिका काम गर्न नमिल्ने भन्दै कांग्रेसले स्वेच्छाचारी काम अविलम्ब रोक्न सरकारलाई चेतावनी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *