वैशाख १७ र २७ गते हुने भनिएको चुनावको सबै तयारी पूराः निर्वाचन आयोग (भिडियो रिपोर्टसहित)
७ फागुन २०७७ काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी नेकपाको विवादबारे कुनै निर्णय नगरेको निर्वाचन आयोगले वैशाख १७ र २७ गते हुने भनिएको चुनावको सबै तयारी पूरा भएको जनाएको छ ।
निर्वाचन दिवसका अवसरमा सन्देश दिँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावको सबै तयारी पूरा भएको बताउनुभएको हो । उहाँका अनुसार फागुन २१ गते मतदाता नामावली प्रकाशन हुनेछ ।
प्रमुख आयुक्तले चुनावको तयारी सकिएको बताए पनि चुनावको मुख्य खेलाडी मानिने दलहरुमध्ये नेकपाको आधिकारिकता विवादका बारेमा आयोगले अहिलेसम्म निर्णय गर्न सकेको छैन ।
आयोगको भूमिकाबारे कतिपयले प्रश्न उठाइरहेका छन् । तर यसबारे भने आयोग मौन छ ।
निर्वाचन निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्नेमा चुनाव भड्किलो र खर्चिलो हुँदै गएको भन्दै चुनाव मितव्ययी, कम खर्चिलो बनाउन आयोग लागिरहेको प्रमुख आयुक्त थपलियाले बताउनुभयो ।
प्रतिक्रिया