Main News

आयोग तोकिएकै समयमा चुनाव गराउन प्रतिबद्धः प्रमुख निर्वाचन आयुक्त थपलिया

हिमालय टिभी
२०७७ फागुन ७ गते ८:१७

७ फागुन २०७७ काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोग तोकिएकै समयमा चुनाव गर्न प्रतिबद्ध रहेको बताउनु भएकको छ ।

पाँचौँ निर्वाचन दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै प्रमुख आयुक्त थपलियाले आगामी १७ र वैशाख २७ का लागि तोकिएको चुनावमा सक्रियतापूर्वक सहभागी हुनसमेत आह्वान गर्नु भएको छ ।

आयोगले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी निर्वाचनका लागि निर्वाचनको तयारीलाई व्यापक बनाउँदै लगेको थपलियाले उल्लेख गर्नु भएको छ ।

साथै उहाँले निर्वाचन व्यवस्थापन गर्ने निकाय, राजनीतिक दल, उम्मेदवार, मतदाता, निजी क्षेत्र, नागरिक समाजलगायत निर्वाचनसँग सरोकारवालालाई मध्यनजर गर्दै आयोगले एकीकृत निर्वाचन आचारसंहिता कार्यान्वयनमा ल्याउने तयारी गरेकोसमेत उल्लेख गर्नु भएको छ ।

‘निर्वाचनमा सबै, सधैँ, सँगै’ भन्ने मूल नाराका साथ आयोगले आज पाँचौँ निर्वाचन दिवस मनाउँदैछ।

नेपालमा विसं २०१५ साल फागुन ७ गते आम निर्वाचन प्रारम्भ भई वालिग नेपालीले मताधिकारको उपयोग गर्न पाएको दिनलाई स्मरण गर्दै आयोगले २०७३ देखि फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *