Main News

प्रजातन्त्र दिवसका दिन पूर्व राजा ज्ञानेन्द्रको यस्तो असन्तुष्टि

हिमालय टिभी
२०७७ फागुन ७ गते ८:०५
प्रजातन्त्र दिवसका दिन पूर्व राजा ज्ञानेन्द्रको यस्तो असन्तुष्टि

७ फागुन २०७७ काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विभेदको राजनीतिले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको बताउनु भएको छ ।

प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै शाहले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषको नेताहरूको शासन प्रणाली मात्रै नभएको भन्दै नेपाली जनताले वास्तविक प्रजातन्त्रको अनुभूति गर्न नपाएको बताउनु भएको छ ।

उहाँले प्रजातन्त्र प्राप्तिको ७० वर्षपछि आएर पनि प्रजातन्त्रकै विषयमा विवाद, द्वन्द्व र बहसमा व्यस्त रहनुपरेको भन्दै असन्तुष्टि जनाउनु भएको छ ।

शुभकामना सन्देशमा पूर्वराजा शाहले सामाजिक जीवन, पद्धति र सबैको सन्तुलित खुसीमा नै प्रजातन्त्रको प्राण अटूट रहने भन्दै सबैले छातीमा माटो राखेर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको उल्लेख गर्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *