Political Hightlights

भाजपा नेताको अभिव्यक्तिप्रति नेकपा प्रचण्ड–नेपाल समूहले जनायो आपत्ति

हिमालय टिभी
२०७७ फागुन ५ गते १७:१२
भाजपा नेताको अभिव्यक्तिप्रति नेकपा प्रचण्ड–नेपाल समूहले जनायो आपत्ति

५ फागुन २०७७ काठमाडौं । भारतीय जनता पार्टी भाजपाका नेताको अभिव्यक्तिप्रति नेकपाको प्रचण्ड–नेपाल समूहले आपत्ति जनाएको छ ।

नेपाल लगायत देशमा भाजपा विस्तार गर्ने र सरकार बनाउने त्रिपुराका मख्यमन्त्री विप्लव देवको अभिव्यक्तिप्रति प्रचण्ड–नेपाल समूहले बक्तव्य निकालेर गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आपत्ति जनाएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले निकालेको वक्तव्यमा यस्तो अभिव्यक्तिले दुई छिमेकी मित्र राष्ट्रको सम्बन्धमा भ्रम छर्ने र नकारात्मक असर पुर्‍याउने उल्लेख छ ।

भारत सरकार र अमित शाहबाट यसबारे स्पष्ट पारिनुपर्ने पनि प्रचण्ड– नेपाल समूहको अपेक्षा छ ।

मुख्यमन्त्री देवले हालै मात्र भाजपा अध्यक्ष एवम् भारत सरकारका गृहमन्त्री अमित शाहले नेपाल लगायतका देशहरुमा भाजपा विस्तार गर्ने र सरकार बनाउने धारणा राखेको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्