Main News

१७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने युवक सार्वजनिक

हिमालय टिभी
२०७७ फागुन ५ गते १५:०६
१७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने युवक सार्वजनिक

५ फागुन २०७७ बैतडी । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका युवकलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

दोगडाकेदार गाउँपालिका वडा नम्वर ७ की भागरथीको हत्या भएको १३ दिनपछि प्रहरीले अभियुक्त १८ वर्षीय दिनेश भट्टलाइ सार्वजनिक गरेको हो ।

भागरथीकै गाउँले ति युवकले घरायसी रिसिइबीका कारण हत्या गरेको प्रहरीलाई बयान दिएका छन् । अदालतबाट म्याद थप गराई युवकलाई प्रहरी हिरासतमा राखिएको छ । दिनेशले माघ २१ गते भागरथीलाई लवलेक सामुदायिक वनमा एक्लै भएको मौकामा पहिले धकेलेर लडाएको र पछि हत्या गरेको डीआइजी उत्तम सुवेदीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा भागरथी अध्ययनरत दोगडाकेदारकै सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने दिनेशले घाँटी थिचेर हत्या गरेको जानकारी दिइएको छ ।

भागरथीका छिमेकीसमेत रहेका ती युवकलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । हिजो राती उनलाई खोचलेक प्रहरी चौकीबाट जिल्ला प्रहरी कार्यालय लगिएको थियो । अभियुक्तले भागरथीको परिवारसँग बिगतको रिसिइवी साँध्न घटना गराएको बयान दिएको प्रहरीले जनाएको छ ।

आरोपी भट्टको शंकास्पद गतिविधि, प्राविधिक पक्षको विश्लेषण, लोकेसन, प्रत्यक्षदर्शी र साविती बयानका आधारमा भागरथीको हत्यामा संलग्नता देखिएको उहाँले बताउनुभयो ।

२१ गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी भागरथीको शव भोलिपल्ट हत्या गरेको अवस्थामा लवलेक सामुदायिक वनमा फेला परेको थियो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी सुवेदी आफै घटनाको अनुसन्धानमा खटिनु भएको थियो । मृतकका दाजु शंकर भट्टले कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारवाहीका लागि जाहेरी दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *