Main News

नेकपा प्रचण्ड–नेपाल समूहका नेता पाण्डेले भने–ओली पक्राउ पर्ने दिन पनि टाढा छैन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ४ गते १८:४५
नेकपा प्रचण्ड–नेपाल समूहका नेता पाण्डेले भने–ओली पक्राउ पर्ने दिन पनि टाढा छैन (भिडियो रिपोर्टसहित)

४ फागुन २०७७ काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली पनि पक्राउ पर्ने दिन आउन सक्ने बताउनुभएको छ ।

पार्टीको फेसबुक लाइभमा पत्रकार राजेश राईसँग कुरा गर्दै नेता पाण्डेले नेकपा नेतृ रामकुमारी झाँक्रीको पक्राउ र रिहाको विषयलाई लिएर ओली पक्राउ पर्ने दिन पनि टाढा नभएको बताउनुभएको हो ।

निर्वाचन आयोगले सही निर्णय गरे आफ्नो समूहले आधिकारिकता पाउने पाण्डेको दावी छ । पाण्डेले संसद विघटनलाई सदर गरेर सर्वोच्च अदालतले अन्याय गर्न नपाउने प्रतिक्रिया दिनुभयो ।

संसद विघटन सदर भए त्यो संविधान संशोधन हुने र त्यसो गर्न नमिल्ने उहाँले बताउनुभयो ।

ओलीलाई नेतृत्व दिएका कारण लज्जित हुने अवस्था आएको उहाँको टिप्पणी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *