Political Hightlights
प्रतिगमनविरुद्ध चाँडै संयुक्त आन्दोलन शुरु हुने प्रचण्डको दाबी (भिडियो रिपोर्टसहित)
२०७७ फागुन ४ गते १२:५३

४ फागुन २०७७ चितवन । आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाँडै संयुक्त आन्दोलन शुरु हुने विश्वास व्यक्त गर्नु भएको छ ।
चितवन आज बिहान भएको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूसँग संयुक्त आन्दोलन गर्नेबारे छलफल भइरहेको बताउँदै चाँडै सहमति हुने दाबी गर्नुभयो ।
अध्यक्ष प्रचण्डले संविधान भत्काएर हुने चुनाव अलोतान्त्रिक, असंवैधानिक हुने भएकाले त्यसले विभिन्न खालका अतिवाद ल्याउने बताउनुभयो । उहाँले आफू शान्तिपूर्ण राजनीतिमै रहने र अतिवादमा नजाने बताउनुभयो ।
संसद पुनःस्थापना हुनेमा आफूहरु पूर्ण विश्वस्त रहेको बताउँदै अध्यक्ष प्रचण्डले निर्वाचनमा जानेबारे केही नसोचेको बताउनुभयो ।
प्रतिक्रिया