निर्वाचन आयोगको भूमिकाप्रति सभापति देउवाको आशंका, चुनावको तयारी नै नगरेको आरोप

Himalaya Television
२०७७ फागुन ३ गते १९:०५

निर्वाचन आयोगको भूमिकाप्रति सभापति देउवाको आशंका, चुनावको तयारी नै नगरेको आरोप

३ फागुन २०७७ भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगको भूमिकाप्रति शंका व्यक्त गर्नु भएको छ ।

निर्वाचनको तयारी र सत्तारुढ नेकपाको विवाद मिलाउन चासो नदेखाएको भन्दै देउवाले आयोगका काममाथि प्रश्न उठाउनुभएको हो ।

भैरहवामा आज भएको विरोध सभामा सभापति देउवाले सरकारले निर्वाचन घोषणा गरे पनि आयोगले कुनै पनि तयारी नगरेको भन्दै प्रश्न उठाउनुभएको हो ।

सभापति देउवाले नेकपाको चुनाव चिन्हका लागि भएको झगडा मिलाउन आयोगले चासो नदेखाएकोमा पनि आपत्ति जनाउनुभयो ।

संसद विघटन भएको ६ महिनाभित्र चुनाव गराउनैपर्ने बाध्यकारी व्यवस्था स्मरण गराउँदै सभापति देउवाले व्यवस्था कार्यान्वयन गर्छु भनेर आयोगले विश्वास दिलाउनु पर्ने बताउनुभयो ।

नेकपाको झगडाले आफ्नो पार्टीभित्र पनि समस्या परेको देउवाले गुनासो गर्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs