Political Hightlights
सर्वोच्च अदालत ठुलो गोलचक्करमा फसेको नेता महतोको आरोप (भिडियो रिपोर्टसहित)
२०७७ फागुन ३ गते १५:११

३ फागुन २०७७ कपिलवस्तु । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले सर्वोच्च अदालत ठूलो गोलचक्करमा फसेको आरोप लगाउनु भएको छ ।
कपिलवस्तुको तौलिहवामा आयोजित पत्रकार सम्मेलनमा नेता महतोले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको संसद विघटनलाई नजिर देखाएर अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको विघटनलाई समेत सदर गर्न सक्ने शंका व्यक्त गर्नुभयो ।
नेता महतोले ओलीको रुपमा नयाँ प्रतिगमनकारी जन्मिएको आरोप पनि लगाउनुभयो । उहाँले प्रतिगमन गर्न राजा महाराजा मात्रै नचाहिने बरु लोकतान्त्रिक मुखौटा लगाएका शासकले पनि गर्न सक्ने बताउनुभयो ।
संसद पुनर्स्थापना वा निर्वाचन स्थायी समाधान नभएको दाबी गर्दै उहाँले संविधान संशोधन नभएसम्म भविष्यमा प्रतिगमन दोहोरिन सक्ने बताउनुभयो ।
प्रतिक्रिया