Political Hightlights
ओलीले प्रतिगमनमाथि पनि प्रतिगमन गरेः महतो (भिडियो रिपोर्टसहित)
२०७७ फागुन २ गते १९:२४
२ फागुन २०७७ काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो स्वार्थका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको आरोप लगाउनुभएको छ ।
कपिलवस्तुको तौलिहवामा कार्यकर्तालाई सम्बोधन गर्दै महतोले आफ्नो स्वार्थ पुरा नहुँदा संसद विघटन गरेर प्रधानमन्त्री ओलीले प्रतिगमनमाथि प्रतिगमन गरेको टिप्पणी गर्नुभयो । महतोले प्रधानमन्त्रीलाई महाराजको संज्ञा दिनुभयो ।
सरकार बन्ने ठाउँ हुँदा हुँदै पनि प्रधानमन्त्रीले संसद विघटन गरेको भन्दै महतोले आपत्ति जनाउनुभयो ।
प्रतिक्रिया