प्रतिपक्षी दल कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

२ फागुन २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
फागुन ७ गतेका लागि तोकिएको महाधिवेशनका लागि कुनै पनि तयारी नगरेको र महाधिवेशन स्थगित भएको घोषणा समेत नगरेको कांग्रेसले बुधबारका लागि केन्द्रिय समिति बैठक बोलाएको हो ।
पार्टीको महाधिवेशनका बारेमा सभापति शेरबहादुर देउवा मौन रहेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले जिल्ला सभापतिको भेला बोलाउने निर्णय गरेको थियो ।
पौडेलले जिल्ला सभापतिको भेला बोलाएपछि सभापति देउवाले बाध्य भएर केन्द्रीय समितिको बैठक बोलाउनु भएको हो । बैठकमा प्रतिनिधि सभा विघटनविरुद्धको आन्दोलन र पार्टीको महाधिवेशनमा केन्द्रित रहेर छलफल हुनेछ ।
प्रतिनिधि सभा विघटनाविरुद्ध अन्य दल आक्रामक भए पनि कांग्रेस सभापति देउवा भने प्रधानमन्त्री केपी शर्मा ओली र सरकारप्रति नरम हुनुहुन्छ । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन रहेको भने पनि कांग्रेसले शसक्त प्रदर्शन गरेको छैन ।
प्रतिक्रिया