Main News

शहरभरि तारैतारैः शहर कुरुप मात्र होइन बढ्दो आगलागीको जोखिम (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १ गते १६:५४
शहरभरि तारैतारैः शहर कुरुप मात्र होइन बढ्दो आगलागीको जोखिम (भिडियो रिपोर्टसहित)

१ फागुन २०७७ काठमाडौं । बिजुली, इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवा प्रदायकले टाँगेका तारले शहर नै कुरुप देखिएको छ । काठमाडौं उपत्यकामा त यो समस्या झन बढी छ । तारले उपत्यकाको सौन्दर्य मात्र कुरुप बनाएको छैन दुर्घटनाको जोखिम पनि बढाएको छ ।

काठमाडौं उपत्यकासहित देशका मुख्य शहरका सडक किनारमा बिजुली, इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवा प्रदायकका तार लथालिङ्ग छन् । कतै तार चुँडिएर सडकमा लत्रिएको देखिन्छ त कतै गुजुल्टो पारेर त्यत्तिकै छोडिएको छ ।

सबैतिर तारका यस्ता गुजुल्टो देखिन्छ । यि गुजुल्टोले शहरलाई कुरुप मात्र देखाएका छैनन् आगलागीको जोखिममा पनि छन् । पोलमा गुजुल्टिएर रहेका यी तारमा बारम्बार आगलागी हुने गरेको छ ।

काठमाडौंको मध्य बानेश्वर यस्तै तारमा आगलागी भएको छ । तर हरेक दिन कतै न कतै बिद्घुत सर्ट भएर यस्तो आगलागी हुने गरेको छ । गत वर्ष १ सय ८८ ठाठँमा बिद्युत सर्ट भएर आगलागी भयो । यस वर्षको ६ महिनामा पनि करिब सय स्थानमा बिद्युत सर्ट भइसकेको छ । वारुणयन्त्र कार्यालयका अनुसार पनि काठमाडौंमा पछिल्लो समय बिद्युत सर्ट भएर आगलागी हुने क्रम बढ्दै गएको छ ।

यसरी आगलागी भएका वरपरका ठाउँमा हप्तौँ बिजुली, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुने गरेको छ । मुख्य व्यापारिक स्थानमा समेत अव्यवस्थित तार रहँदा कुनै पनि बेला आगलागी भएर ठूलो दुर्घटना हुने डर छ । सडक किनारमा तारका यस्ता गुजुल्टो विश्वका ठूला सहरमा कतै नदखिने विज्ञ बताउँछन ।

तार तान्ने कम्पनीबीच पनि समन्वय हुँदैन । एकले अर्कोलाई दोष देखाएर पन्छिने गरेका छन् । त्यसैले सरकार र नियमनकारी निकायले आधारभूत प्रविधि र जोखिम हेरेर अब ढिलो नगरी यसको समाधान खोज्नुपर्नेमा विज्ञले जोड दिएका छन् ।

अव्यस्थित तारकै कारण सहर कुरुप भएको छ । बिद्युत सर्ट भएर हरेक दिनजसो आगलागी भइरहेका छन् । तर समाधानका लागि सरकारको ध्यान पुग्न सकेको छैन । सबै तार भूमिगत गर्ने सरकारी योजना पनि अहिले अलपत्र परेको छ । कुनै दिन यसकै कारण ठुलो घटना नहोला भन्न सकिन्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *