Main News

राम जन्मभूमिसम्बन्धी प्रमाणबारे प्रचण्डलाई दिए ओलीले यस्तो जवाफ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १ गते १५:१२
राम जन्मभूमिसम्बन्धी प्रमाणबारे प्रचण्डलाई दिए ओलीले यस्तो जवाफ (भिडियो रिपोर्टसहित)

१ फागुन २०७७ बुटवल । प्रधानमन्त्री केपि शर्मा ओलीले चितवनमा रामको जन्म भएको आफूले प्रमाणित गर्न नसक्ने बताउनुभएको छ ।

केहीदिन अघि प्रचण्डले चितवनको अयोध्यापुरीमा राममन्दिर बनाउनु अघि जन्मभूमि भएको प्रमाणित गराउन लाग्नुपर्ने बताउनुभएको थियो ।

बुटवलमा आज केबलकार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले जन्मभूमि प्रमाणित गर्न त्यति बेलाका सडुनी मैले कहाँ खोजेर ल्याउँ भन्ने प्रश्न गर्नुभयो । उहाँले ‘त्यति बेलाको सुडेनी मै थिएँ’ भनेर को आउला भनि प्रश्न सोध्नुभयो ।

बुटवलबाट नुवाकोट र बसन्तपुर डाँडामा जानका लागि केबलकार निर्माण प्रक्रिया थालिएको हो । उक्त केबलकार एक वर्षभित्र सञ्चालनमा ल्याउने तयारी छ ।

हालै बसेको मन्त्रिपरिषद बैठकले लुम्बिनी केबल कार प्रालिलाई ६ दशमलव ५ हेक्टर वन क्षेत्र उपयोग गर्न स्वीकृति दिइसकेको छ ।

त्यसैगरी नुवाकोटमा केबलकार सञ्चालनका लागि सिद्धार्थ केबलकार प्रालिले यसअघि नै सरकारबाट वन क्षेत्र उपयोग गर्ने स्वीकृति लिएर केही काम अगाडि बढाइसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *