Political Hightlights
अवरोध खडा गरे सशस्त्र दमन गर्ने गृहमन्त्री थापाको चेतावनी
२०७७ फागुन १ गते १३:०५
१ फागुन २०७७ काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले प्रतिक्रियावादी शक्तिले अवरोध गरेको खण्डमा सरकारले सशस्त्र दमन गर्नुपर्ने अवस्था आउन सक्ने चेतापनी दिनु भएको छ ।
जनयुद्ध दिवसका अवसरमा केपी शर्मा ओली समूहको नेपाल ट्रेड युनियन महासंघले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै मन्त्री थापाले समाजवादी क्रान्ति अघि बढाउने क्रममा प्रतिक्रियावादी वर्गले सशस्त्र आक्रमण गर्न खोजे सरकारले त्यसविरुद्ध सशस्त्र दमन गर्नुपर्ने अवस्था आउने बताउनुभयो ।
हिजोजस्तो आज समाजवादी क्रान्तिका लागि सशस्त्र संघर्ष गर्नुपर्ने अवस्था नभएको तर प्रतिक्रियावादी वर्गले सशस्त्र रूपमा अवरोध गर्न खोजेमा भने त्यसविरुद्ध सरकारले सशस्त्रै प्रतिकार गर्नुपर्ने अवस्था पनि आउन सक्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया