Main News
नेकपा प्रचण्ड–नेपाल समूह आज जनयुद्ध दिवस मनाउँदै
२०७७ फागुन १ गते ९:१४

१ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आज देशभर जनयुद्ध दिवस मनाउने भएको छ ।
जनयुद्ध दिवस मनाउन केन्द्रीय कार्यालयबाट सबै जिल्लामा सर्कुलेसन गरिएको छ । सहिद स्मृति तथा सम्मान कार्यक्रमको ब्यानरमा आफ्नो अनुकूलतामा सबै जिल्लालाई जनयुद्ध दिवस मनाउन भनिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताउनुभयो ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केन्द्रको तर्फबाट कार्यक्रम आयोजना गरिएको ढकालले बताउनुभयो ।
तत्कालीन नेकपा माओवादीले २०५२ फागुन १ गतेबाट सशस्त्र द्वन्द्व थालेको थियो । माओवादी शान्ति प्रक्रियामा आएपछि पनि सोही दिनको सम्झनामा जनयुद्ध दिवस मनाइँदै आएको छ ।
प्रतिक्रिया