Main News

नेकपा प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता खनाल स्वास्थ्य परीक्षण गर्न दिल्ली प्रस्थान

हिमालय टिभी
२०७७ माघ ३० गते १२:५३
नेकपा प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता खनाल स्वास्थ्य परीक्षण गर्न दिल्ली प्रस्थान

३० माघ २०७७ काठमाडौं । पूर्व प्रधानमन्त्री एवं प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका वरिष्ठ नेता झलनाथ खनाल नियमित स्वास्थ्य परीक्षणका लागि भारतको राजधानी दिल्ली जानुभएको छ ।

आज बिहान ११ बजे नेपाल एयरलाइन्सको उडानबाट नेता खनाल दिल्ली प्रस्थान गरेको नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

नेता खनाल केही दिन दिल्लीमा रहने कार्यक्रम छ । शरीर काँप्ने रोगको उपचारका लागि खनाल चीन जान चाहनुभएकव थियो । तर चीनमा १४ दिन क्वारन्टिनमा बस्नैपर्ने बाध्यताका कारण खनाल दिल्ली जानु भएको हो ।

पीसीआर परीक्षण निगेटिभ रहेको रिपोर्टसहित गएपछि भारतमा क्वारन्टिनमा बस्नुपर्ने अनिवार्यता छैन। यसअघि खनालले अमेरिका र चीनमा उपचार गराउनुभएको थियो । उपचारका क्रममा केही राजनीतिक भेटघाट पनि हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *