Main News

नेकपा प्रचण्ड–नेपाल समूहको प्रदर्शनका कारण काठमाडौंको ट्राफिक व्यवस्थापन प्रभावित

हिमालय टिभी
२०७७ माघ २८ गते १३:०४
नेकपा प्रचण्ड–नेपाल समूहको प्रदर्शनका कारण काठमाडौंको ट्राफिक व्यवस्थापन प्रभावित

२८ माघ २०७७ काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाडौंमा शक्ति प्रदर्शनसहित विरोध सभा गर्ने भएपछि उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ ।

यातायात आवागमनलाई व्यवस्थित गर्ने प्रयासमा बिहानैदेखि डाइभर्सन शुरु गरिएको छ । ठूला गाडीहरुलाई चक्रपथभित्र प्रवेश गर्न पूर्णरुपमा रोक लगाइएको छ ।

कालीमाटी, थापाथली, लैनचौर, रत्नपार्क, पुतलीसडक क्षेत्रतिर आउने साना गाडीहरुलाई पनि डाइभर्सन गरिएको छ । वैकल्पिक सडकमा पनि सवारी साधनहरुको जाम सुरु भइसकेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बिहानदेखि नै जाम शुरु भएको बताउनुभयो ।

जुलुस सकिएर सभामा परिणत भएपछि भने यातायात आवागमन केही सहज हुन सक्ने प्रहरीको अनुमान छ । यातायात आवागमनलाई सहज बनाउने प्रयासमा ट्राफिक प्रहरीका सबै जनशक्ति बिहानैदेखि सडकमा उतारिएको छ ।

ट्राफिक प्रहरीको जनशक्ति १५ सय छ । प्रदर्शनका कारण आज उपत्यकाको ट्राफिक अस्तव्यस्त हुने भए पछि ट्राफिक प्रहरी महाशाखाले र्‍याली, जुलुस र आमसभा हुने स्थानको बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह पनि गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *