Main News

प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा प्रचण्ड–नेपाल समूहको प्रदर्शन

हिमालय टिभी
२०७७ माघ २८ गते १२:५०
प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा प्रचण्ड–नेपाल समूहको प्रदर्शन

२८ माघ २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड नेपाल समूहले काठमाडौंमा दोस्रो पटक शक्ति प्रदर्शन गरिरहेको छ ।

प्रतिनिधसभा विघटन र संवैधानिक निकायमा भएको नियुक्तिप्रति विरोध गर्दै आएको सत्ताधारी नेकपाकै प्रचण्ड–नेपाल पक्षल‍े काठमाडौंमा शक्ति प्रदर्शन गरिरहेको हो । भृकुटीमण्डपमा हुने विरोधसभामा दुई लाखभन्दा बढी मानिस उपस्थित हुने नेकपा प्रचण्ड नेपाल समूहको दावी छ ।

सभामा सहभागीलाई भाषण सुन्न सजिलो होस् भनेर ‘पुरानो बसपार्क, राष्ट्रिय सभागृह र भद्रकालीमा तीनवटा डिजिटल स्क्रिन राखिएको छ। रत्नपार्क, बागबजार र त्रिपुरेश्वरमा माइक राखिएको छ ।

सभा अघि काठमाडौंका विभिन्न पाँच स्थानबाट जुलुस निकालिएको छ । मूल जुलुस सुन्धारा र केशरमहलबाट र सहायक जुलुस अन्य विभिन्न स्थानबाट निकालिएको छ । मूल जुलुसको नेतृत्व अध्यक्ष प्रचण्ड र माधव नेपालले गर्नुभएको छ ।

पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट निस्किएको जुलुस भृकुटीमण्डप पुगेको छ । पुल्चोकबाट निस्केको जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्तलगायतले नेतृत्व गर्नुभएको छ ।

त्रिपुरेश्वर क्षेत्रको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणी खनाललगायत नेताले गर्नुभएको छ । यस्तै माइतीघरको जुलुसको नेतृत्व अमृत बोहोरा, गिरिराजमणि पोखरेल, भीम आचार्य लगायतका नेताले गर्नुभएको छ ।

यस्तै भीम रावल, देव गुरुङ, शक्ति बस्नेत लगायतका नेताहरुको अगुवाइमा केशरमहलबाट जुलुस निस्केको छ । भृकुटीमण्डपमा शुरु भएको विरोध सभालाई अध्यक्ष प्रचण्ड र नेपालसहित शीर्ष नेताहरुले सम्बोधन गर्नुहुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *