Main News

नेकपा प्रचण्ड–नेपाल समूहले खोज्यो अन्तर्राष्ट्रिय समुदायको समर्थन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २७ गते १५:०९
नेकपा प्रचण्ड–नेपाल समूहले खोज्यो अन्तर्राष्ट्रिय समुदायको समर्थन (भिडियो रिपोर्टसहित)

२७ माघ २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरिरहेको नेकपाको प्रचण्ड–नेपाल समूहले अन्तर्राष्ट्रिय समर्थन खोजेको छ ।

चीन, भारत, अमेरिका र युरोपेली युनियनलगायत लोकतन्त्र पक्षधरको समर्थन खोजेको पार्टीका शीर्ष नेताहरुले बताएका छन् । भोलि संसद विघटनविरुद्ध काठमाडौंमा सभा गर्नु एक दिनअघि अन्तर्राष्ट्रिय संचार माध्यममा आबद्ध पत्रकारसँग अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रको पक्षमा हुने आन्दोलनमा समर्थन चाहियो भनेर औपचारिक अपील गरेको जानकारी दिनुभयो ।

नेपालमा लोकतन्त्रको हत्या भइरहेको विषयमा अलग–अलग भेटेर कुरा गरेको र अन्तर्राष्ट्रिय समुदायसँग छिट्टै संयुक्त छलफलसमेत हुनसक्ने बताउनुभयो ।

अर्का अध्यक्ष माधवकुमार नेपालले संसद विघटन संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र शान्ति प्रक्रियामाथिकै प्रहार भएको बताउनुभयो ।

संसद पुनर्स्थापना नै उत्तम विकल्प भन्दै प्रचण्ड–नेपाल समूहले अदालतले पनि संविधान अनुसार संसद पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरेको छ । वैशाखमा चुनाव नहुने र ओलीले चुनाव गर्नका लागि संसद विघटन नगरेको प्रचण्डनेपाल समूहको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *