Main News

वायुसेवा कम्पनीहरुलाई नागरिक उड्डयन प्राधिकरणले दियो यस्तो चेतावनी

हिमालय टिभी
२०७७ माघ २६ गते ८:४९
वायुसेवा कम्पनीहरुलाई नागरिक उड्डयन प्राधिकरणले दियो यस्तो चेतावनी

२६ माघ २०७७ काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ११ वटा वायुसेवा कम्पनीहरुलाई बक्यौता रकम बुझाउन ३० दिने म्याद दिएको छ ।

प्राधिकरणले आज जारी गरेको सार्वजनिक सूचनामा ३० दिनभित्रमा उक्त रकम र नियमानुसार लाग्ने विलम्ब शुल्कसमेत बुझाई आफ्नो हरहिसाब फरफारक गर्न आग्रह गरेको छ ।

वक्यौता रकम सम्बन्धमा कुनै फरक परेको आधार र प्रमाण भएमा पुष्ट्याइसहित पेश गरी हिसाब मिलान गर्न पनि आग्रह गरिएको छ । नेकोन एयर, शिवानी एयर, अल्पाइन एयर, गोरखा एयर, कर्णाली एयर, माउन्टेन एयरलाई ३० दिने म्याद दिइएको हो ।

यस्तै कस्मिक एयर, सांग्रिला एयर, स्काइलाइन एयरवेज, एयर काष्ठमण्डप र नेपाल एयरवेजलाई शुल्क बुझाउन ३० दिने म्याद दिएको छ । हाल यी एयरलाइन्सहरु सन्चालनमा छैनन् ।

३० दिनभित्र पनि रकम बुझाउन नआएमा सञ्चालक, एकाघरका परिवार र जमानी बस्नेहरुको जायजेथाबाट सरकारी बाँकी सरह असुल उपर गर्ने चेतावनी प्राधिकरणले दिएको छ ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै बक्यौता रकम नेकोन एयरको छ । यो कम्पनीले ४ करोड ७० लाख ६० हजार ७ सय ५५ रुपैयाँ प्राधिकरणलाई बुझाउनु पर्ने छ ।

यसैगरी कस्मिक एयरको वक्यौता रकम ३ करोड ४७ लाख ५८ हजार ७० रुपैयाँ छ । नेपाल एयरवेजले सबैभन्दा कम पाँच लाख ५५ हजार बक्यौता बुझाउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *