Political Hightlights

संसद विघटनको विरोधमा प्रचण्ड–नेपाल निकट अनेरास्ववियूले लेख्यो प्रधानमन्त्री ओलीलाई विरोधपत्र (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २५ गते १७:१४
संसद विघटनको विरोधमा प्रचण्ड–नेपाल निकट अनेरास्ववियूले लेख्यो प्रधानमन्त्री ओलीलाई विरोधपत्र (भिडियो रिपोर्टसहित)

२५ माघ २०७७ काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूह निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले प्रतिनिधि सभा विघटनको विरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र लेखेको छ ।

प्रतिनिधि सभा विघटनको विरोध गर्दै अनेरास्ववियूले लेखेको पत्र प्रधानमन्त्री ओलीलाई नै दिन चाहे पनि समय नदिएपछि पत्रको ठूलो ब्यानर बनाएर प्रदर्शन गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विरोधपत्र दर्ता गर्न जाँदा पनि विरोध पत्र दर्ता नभएपछि अनेरास्ववियूले हनुमानथानस्थित सडकमा नाराबाजी तथा प्रदर्शन समेत गरेको हो ।

अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले देश गम्भिर संकटमा रहेका बेलामा युवा विद्यार्थीको तर्फबाट प्रधानमन्त्री ओलीसमक्ष आफ्नो भावना तथा धारणा राख्नु कर्तव्य ठानी प्रयास गरिएको भए पनि समय नदिएकोमा आपत्ति जनाउनुभयो । यसको विरोधमा अब मन्त्रीहरु पुगेका ठाउँमा विरोध प्रदर्शन गरिने सहसंयोजक तामाङले बताउनुभयो ।

अनेरास्ववियूले प्रतिनिधि सभा विघटनको विरोधमा निरन्तर प्रदर्शन गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्