Political Hightlights

प्रचण्डलाई जुमा थुन्ने गृहमन्त्रीको अभिव्यक्तिप्रति नेता रावलको यस्तो प्रतिक्रिया

हिमालय टिभी
२०७७ माघ २३ गते १८:४७
प्रचण्डलाई जुमा थुन्ने गृहमन्त्रीको अभिव्यक्तिप्रति नेता रावलको यस्तो प्रतिक्रिया

२३ माघ २०७७ काठमाडौं । प्रचण्ड लगायतका नेताहरुलाई थुन्ने गृहमन्त्री रामबहादुर थापाको अभिव्यक्तिलाई प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले दुःस्वप्न भन्नुभएको छ ।

ट्वीटरमार्फत रावलले गृहमन्त्रीको अभिव्यक्तिका विषयमा प्रतिक्रिया दिनुभएको हो । निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको दुःस्वप्नकै रुपमा गृहमन्त्रीको अभिव्यक्ति आएको रावलको तर्क छ । तर ओलीको निरंकुश तन्त्र ढल्ने रावलले उल्लेख गर्नुभएको छ ।

रावलले बेलायतमा जस्तै आफूले पनि संसद भंग गरेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति पनि आपत्ति जनाउनुभएको छ । बेलायतमा कानून र अभ्यास गरिएको परम्परा प्रधानमन्त्री ओलीलेझैं निमिचिने पनि उहाँले उल्लेख गर्नुभएको छ ।

बेलायत र नेपालको प्रणाली एउटै होइन भन्दै रावलले प्रधानमन्त्री ओलीलाई आठ वटा प्रश्न सोध्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्