संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी
२३ माघ २०७७ काठमाडौं । नियुक्त भएका संवैधानिक निकायका पदाधिकारीलाई काममा रोक लगाउन माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले संवैधानिक निकायमा गरेको नियुक्तिबारे सरकारसँग लिखित जवाफ समेत माग गरेको छ ।
इजलासले नियुक्तिको कारण १५ दिनभित्र पेश गर्न आदेश दिएको हो । गत बुधबार पद तथा गोपनीयताको सपथ लिएका ३२ जना पदाधिकारीलाई काममा रोक लगाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश संविधानको धारा २, ८३, २८४ र २९२ को बर्खिलाप भएको रिटमा दाबी गरिएको छ ।
रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र संवैधानिक परिषदलाई विपक्षी बनाइएको छ ।
प्रतिक्रिया