Main News

विश्व क्यान्सर दिवस नेपालमा पनि विभिन्न कार्यक्रमसहित मनाइँदै

हिमालय टिभी
२०७७ माघ २२ गते ८:५३
विश्व क्यान्सर दिवस नेपालमा पनि विभिन्न कार्यक्रमसहित मनाइँदै

२२ माघ २०७७ काठमाडौं । विश्व क्यान्सर दिवस नेपालमा पनि आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

क्यान्सरबाट हुने मृत्युलाई कम गर्न विभिन्न जनचेतनामूलक कार्यक्रमसहित क्यान्सर दिवस मनाउन लागिएको हो ।

विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक फेब्रुअरी ४ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । समयमै पहिचान हुनसकेमा धेरै हदसम्म क्यान्सरको रोकथाम गर्न सकिने चिकित्सको सुझाव छ ।

विभिन्न अध्ययनले क्यान्सरका कारण मृत्यु भएकामध्ये २२ प्रतिशत सूर्तीजञ्य पदार्थ सेवनका कारणले हुने गरेको देखिन्छ ।

त्यस्तै १० प्रतिशत भने धेरै खाना खाएर वा पौष्टिक आहारको कमीका कारण, जाँडरक्सी सेवा र नियमित व्यायामको कमीले हुने रोग र संक्रमणका कारणले क्यान्सर हुने गरेको छ ।

यस्तै ५ देखि १० प्रतिशतमा भने वंशानुगत कारणले आनुवांशिक क्यान्सर हुने गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *