Main News

मन्त्री श्रेष्ठले किन शेयर गरे राजा राख्ने मदन भण्डारीको भाषण ?

हिमालय टिभी
२०७७ माघ २१ गते २०:४१
मन्त्री श्रेष्ठले किन शेयर गरे राजा राख्ने मदन भण्डारीको भाषण ?

२१ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गणतन्त्रमाथि षडयन्त्र गरिरहेको आरोप लागिरहेका बेला त्यसैलाई बल मिल्ने गरी शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको प्रतिक्रिया आएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा तत्कालीन एमालेका महासचिव मदन भण्डारीको भाषण शेयर गर्दै श्रेष्ठले राजतन्त्रको विषय उठाउनुभएको छ ।

अडियो क्लिपमा भण्डारीले प्रजातन्त्रलाई सर्वशक्तिमान बनाउने ग्यारेन्टी गरे राजा रहने परम्परालाई कायम राख्न सकिने आशय व्यक्त गर्नुभएको छ ।

नेकपाको केपी ओली पक्षले नारायणहिटी दरवार अगाडि बृहत जनसभा आयोजना गर्नु दुईदिन अघि श्रेष्ठले राजाको अस्तित्वसँग जोडिएको मदन भण्डारीको चर्चित भाषणको अंश शेयर गर्नुभएको छ । । २३ गते हुने जनसभाको प्रचार गर्दै राखिएको अडियोमा के भनिएको छ, एक पटक सुन्नुहोस ।

पछिल्लो समय नेपालमा हिन्दू राष्ट्र र राजतन्त्र फर्काउनुपर्ने बहस चर्किरहेकै बेला सरकारकै मन्त्रीबाट यस्तो आशय व्यक्त भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *