Main News

भुक्तानी नभएको विषयमा मन्त्री र कर्मचारीलाई जेल हाल्ने प्रदेश २ का सभामुख यादवको चेतावनी(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २१ गते १९:१९
भुक्तानी नभएको विषयमा मन्त्री र कर्मचारीलाई जेल हाल्ने प्रदेश २ का सभामुख यादवको चेतावनी(भिडियो रिपोर्टसहित)

२१ माघ २०७७ धनुषा । प्रदेश २ का सभामुख सरोज कुमार यादवले रकम भुक्तानी नभएको विषयमा मन्त्री र कर्मचारीलाई जेल हाल्ने चेतावनी दिनुभएको छ ।

प्रदेशसभा स्थापनाको तेस्रो वार्षिकोत्सव समारोहमा बोल्दै सभामुख यादवले उपभोक्ता समिति मार्फत प्रदेशसभामा भएको कामको भुक्तानी अहिले सम्म नभएको भन्दै आक्रोस व्यक्त गर्नुभयो । सात दिन भित्र भुक्तानी नगरे प्रदेशसभाको अवहेलना मुद्दामा मन्त्री र कर्मचारीलाई जेल हाल्ने उहाँले चेतावनी दिनुभयो ।

मञ्चमा बसेका मन्त्री तथा कर्मचारीलाई सम्बोधन गर्दै सभामुख यादवले यस्तो चेतावनी दिनुभयो । यस्तै मुख्यमन्त्री लालबाबु राउतलाई सम्बोधन गर्दै सभामुखले लोकसेवा, प्रदेश प्रहरी, मिडिया काउन्सिल लगायतका निकायमा पदाधिकारी किन नियुक्त नगरेको भन्दै प्रश्न पनि गर्नुभयो ।

त्यस अघि बोलेका मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले संघीयता समाप्त पार्न चाहिरहेको भन्दै प्रदेशसभाका सबै सांसदले त्यसको विरोध गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा मुख्यमन्त्री र मन्त्री जितेन्द्र सोनललाई मात्र बोल्न दिइएकोमा अन्य मन्त्रीले असन्तुष्टि जनाएका थिए ।

मन्त्री सोनल बोल्दै गर्दा समाजिक विकास मन्त्री नवल किशोर साह, आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र कुमार यादव र उद्योग पर्यटन मन्त्री रामनरेश राय मञ्चवाट हिँड्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *