प्रधानमन्त्री ओलीले पूर्व जनमुक्ति सेनालाई किन्ने प्रयास गरेको प्रचण्डको आरोप (भिडियो रिपोर्टसहित)

२१ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व जनमुक्ति सेनालाई किन्ने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ ।
पार्टीका पूर्व लडाकुको भेलालाई आज सम्बोधन गर्दै प्रचण्डले जनयुद्धका घाइतेलाई उपचार खर्च बढाउन, जनजिविकाका लागि राहत दिलाउन पटक–पटक आग्रह गरेपनि सरकारले अस्वीकार गरेको बताउनुभयो । तर अहिले अप्ठ्यारोमा परेपछि प्रधानमन्त्री ओलीले जनमुक्ति सेनालाई खरीद गर्ने प्रयास गरेको उहाँको आरोप छ ।
बहिर्गमित तथा स्वेच्छिक अवकाशमा परेका पूर्व जनमुक्ति सेनालाई पार्टीमा समायोजन गर्ने गरी विशेष प्रदेश कमिटी बनाउने आश्वासन पनि दिनुभयो ।
अध्यक्ष प्रचण्डले जनमुक्ति सेनाको सम्मानमा जनयुद्धका कमाण्डरलाई उपराष्ट्रपति, सभामुख तथा मन्त्री बनाएको पनि बताउनुभयो । केही महिनाभित्रै प्रतिगमनविरुद्दको आन्दोलन जित्ने र त्यसपछि जनमुक्ति सेनाको भावना र आवश्यकता पूरा हुने भन्दै प्रचण्डले नआत्तिन आग्रहसमेत गर्नुभयो ।
प्रतिक्रिया