Main News

निर्वाचन आयोगलाई पूर्वप्रमुख आयुक्तहरुले यस्तो सुझाव दिए (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १९ गते १८:२१
निर्वाचन आयोगलाई पूर्वप्रमुख आयुक्तहरुले यस्तो सुझाव दिए (भिडियो रिपोर्टसहित)

१९ माघ २०७७ काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले राजनीतिक विवाद समाधान नगरी चुनावमा जानु जोखिमपूर्ण हुने भन्दै सचेत भएर अघि बढ्न निर्वाचन आयोगलाई सुझाव दिएका छन् ।

आयोगले गरेको छलफलमा पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले विवादमा नपर्ने र आफ्नो स्वायत्तता कायम रहने गरी काम गर्न सुझाव दिएका हुन् । उनीहरुले अहिले नेकपाको विवाद समाधान नगरी चुनावमा जाँदा धेरै समस्या आउन सक्ने भन्दै छिटो समाधानका लागि नेकपाका दुवै समूहलाई दबाब सिर्जना गर्न पनि भनेका छन् ।

दबाब आए प्रतिवाद गर्न पनि उनीहरुको सुझाव छ । छलफलपछि पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले राजनीतिक मुद्दाले समस्या परेको र समाधान पनि दलहरुसँगै भएको बताउनुभयो । आयोगलाई कुनै राजनीतिक दलले अप्ठ्यारो पार्नु नहुने पनि उहाँले बताउनुभयो ।

पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले राजनीतिक समस्या राजनीतिक दलहरुले सुल्झाउनुपर्ने र निर्वाचन आयोगले निर्वाचनको तयारी गर्नुपर्ने बताउनुभयो ।

मतपत्रको डिजाइन र पार्टी दर्ता नहुञ्जेलसम्म निर्वाचनको तयारी पूर्ण रुपमा नहुने भन्दै उहाँले विभाजनको अवस्थामा रहेको नेकपाले प्रक्रियामा गएर आयोगलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले छलफलमा आयोगले अहिलेसम्म गरेको निर्वाचनको तयारीबारे जानकारी गराएको बताउनुभयो । मतदाता नामावली अद्यावद्यिक र मतदान केन्द्रको विषयमा काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

सहायक प्रवक्ता धमलाले घोषित निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न आयोग प्राविधिक रुपमा तयार रहेको पनि बताउनुभयो ।

भिडियोका लागि यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *