Main News

नुवाकोटमा उपप्रधानमन्त्री पोखरेललाई अवरोधको प्रयास

हिमालय टिभी
२०७७ माघ १९ गते १४:१८
नुवाकोटमा उपप्रधानमन्त्री पोखरेललाई अवरोधको प्रयास

१९ माघ २०७७ नुवाकोट । नुवाकोट पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रचण्ड–नेपाल समूहका नेता, कार्यकर्ताले अवरोधको प्रयास गरेका छन् ।

पोखरेल चढेको गाडीलाई लक्षित गरेर कार्यकर्ताहरुले ढुंगा हानेका थिए । तर, पोखरेलको गाडी छेउमा रहेको एक संस्थानको गाडीको सिसा फुटेको छ ।

यसअघि प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले कालो झण्डा देखाउँदै मन्त्री पोखरेलको विरोध गरेका थिए । घटनापछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गरेको थियो ।

प्रहरीको लाठी लागेर तीन जना प्रदर्शनकारी घाइते भएका छन् । हाल स्थिति नियन्त्रणमा आइसकेको र मन्त्री पोखरेल कार्यक्रममा सहभागी भएको प्रहरीले जनाएको छ ।

उपप्रधानमन्त्री पोखरेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलगायतका नेताहरु कार्यकर्ता भेलालाई सम्बोधन गर्न आज नुवाकोट सदरमुकाम विदुर पुग्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *