Main News

नेकपा अध्यक्ष प्रचण्डविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता, पेशी भोलि

हिमालय टिभी
२०७७ माघ १९ गते १४:०४
नेकपा अध्यक्ष प्रचण्डविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता, पेशी भोलि

१९ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध सर्वोच्च अदालतमा अपहेलनाको मुद्दा दर्ता भएको छ।

अधिवक्ता समिर हायूले विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिले अदालतको अपहेलना भएको भन्दै मुद्दा दर्ता गर्नु भएको हो । मुद्दाको पेशी भोलिका लागि तोकिएको छ।

विराटनगरमा माघ १६ गते भएको विरोध सभामा प्रचण्डले आफूहरु धैर्यतापूर्वक सर्वोच्चले संविधानको मर्म र भावना, लोकतन्त्रको मर्म र भावना अनुसार, यो देशको जनताको भावना र आवश्यकता अनुसार गर्छ भनेर भरोसा गरेर बसेको बताउनु भएको थियो ।

प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधि सभा विघटनविरूद्धको मुद्दामा अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भैरहेको छ।

अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गरेको भन्दै अधिवक्ता हायुले सर्वोच्चमा मुद्दा दायर गरेका हुन्।

सर्वोच्चले यसअघि नै प्रधानमन्त्री, चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुङ्गानालाई अदालतको अपहेलना मुद्दामा आफैं उपस्थित भएर जवाफ दिन आदेश दिइसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *