Main News

सोमबार राति किन निस्कँदैछ सेनाका बख्तरबन्द गाडी सडकमा ?

हिमालय टिभी
२०७७ माघ १८ गते १६:४७
सोमबार राति किन निस्कँदैछ सेनाका बख्तरबन्द गाडी सडकमा ?

१८ माघ २०७७ काठमाडौं । नेपाली सेनाका बख्तरबन्द गाडीले भोलि राति काठमाडौंको चक्रपथ परिक्रमा गर्ने भएको छ ।

भोलि राति नियमित अभ्यासका क्रममा बख्तरबन्द गाडीहरूले काठमाडौं चक्रपथ चक्कर लगाउने सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौड्यालले जानकारी दिनिुभयो ।

त्यस्तै २१ माघमा भने ८ वटै पृतना अन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट देशका विभिन्न स्थानहरूमा बख्तरबन्द गाडीहरूको अभ्यास गर्ने पौड्याल बताउनुभयो ।

नेपाली राजनीति तरंगित भइरहेका बेला सेनाका बख्तरबन्द गाडी बाहिर निस्कनुलाई नागरिकले आशंका व्यक्त गर्न थालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *