Main News

६८ औं विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रमसहित मनाइँदै

हिमालय टिभी
२०७७ माघ १८ गते ८:५७
६८ औं विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रमसहित मनाइँदै

१८ माघ २०७७ काठमाडौं । आज ६८ औं विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।

कुष्ठरोगविरुद्ध सर्वसाधारणमा जनचेतना फैलाउने उद्देश्यले आज विश्वभर विभिन्न कार्यक्रम हुँदैछ । कुष्ठरोगका प्रभावितहरूप्रति जागरुकता देखाउने उद्देश्यले सन् १९ सय ५४ देखि विश्वभर दिवस मनाउन थालिएको हो ।

कुष्ठरोग माइकोब्याक्टेरियम लेप्रे र माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिस जीवाणु ब्याक्टेरियाको संक्रमणका कारणले हुने गर्छ । कुष्ठरोग सर्ने र नसर्ने गरी दुई किसिमको हुन्छ ।

यसैकारण कतिपय संक्रमितको चेतनाको अभावमा उपचारमा हेलचेक्र्याइँ गर्दा मृत्यु हुने गरेको पाइन्छ । नेपालमा विशेषगरी तराईका १६ जिल्लामा अझै पनि कुष्ठरोगीहरु भेटिन्छन् ।

सामान्यतया कुष्ठरोग लागेको अवस्थामा शरीरमा नचिलाउने खालको सेतो फुस्रो दाग देखा पर्ने, हातखुट्टामा छुँदा वा चिमट्दा थाहा नहुने तथा शरीरमा कमजोरी महशुस हुँदै जाने चिकित्सकको भनाइ छ ।

नेपालमा सन् २ हजार १० मा कुष्ठरोग निवारण भएको घोषणा गरिएको थियो । प्रति १० हजार जनसंख्यामा १ जनाभन्दा कम रोगी भएको अवस्थालाई रोग निवारण भएको मानिन्छ । तर, कुष्ठरोग निवारणको घोषणा भएपनि नयाँ बिरामी देखिन थालेकाले चुनौती थपिएको छ ।

नेपालमा हरेका वर्ष ३ हजारभन्दा धेरै नयाँ बिरामी थपिने गरेका सरकारी तथ्याङ्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *