Political Hightlights

प्रचण्डसँग आगामी चुनाव लड्ने ठाउँ छैनः मुख्यमन्त्री पोखरेल

हिमालय टिभी
२०७७ माघ १७ गते १९:३१
प्रचण्डसँग आगामी चुनाव लड्ने ठाउँ छैनः मुख्यमन्त्री पोखरेल

१७ माघ २०७७ रोल्पा । नेकपा ओली समूहका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुष्पकमल दाहाल प्रचण्डको आगामी चुनाव लड्ने ठाउँ नै नभएको दाबी गर्नुभएको छ ।

रोल्पाको लिबाङमा ओली समूहको जनवर्गिय भेलामा नेता पोखरेलले प्रचण्ड डुलुवा नेता भएकाले अब चुनाव लड्ने ठाउँ नै बाँकी नरहेको बताउनुभयो । अब जहाँ गएर लडे पनि प्रचण्डले हार्ने पोखरेलले ठोकुवा गर्नुभयो ।

नेता पोखरेलले माओवादी आन्दोलनमा साथ दिएका नेताले छोड्दै गएकाले प्रचण्डको आगामी राजनीतिक भविष्य नै अन्योलमा परेको समेत दाबी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्