Political Hightlights

धनगढीमा शक्ति प्रदर्शन गर्दै नेकपा प्रचण्ड–नेपाल समूह

हिमालय टिभी
२०७७ माघ १७ गते १३:२०
धनगढीमा शक्ति प्रदर्शन गर्दै नेकपा प्रचण्ड–नेपाल समूह

१७ माघ २०७७ धनगढी । नेकपाको प्रचण्ड–नेपाल समूहले आज कैलालीको धनगढीमा बृहत् शक्ति प्रदर्शन गर्ने भएको छ ।

प्रदेश कमिटीको बैठकको निर्णय अनुसार आजको विरोधसभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ । नेता डाक्टर भीम रावलका अनुसार प्रदेश कमिटीको आयोजनामा प्रदेशस्तरीय बृहत् विरोध प्रदर्शन र जनसभा गर्न लागिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध बृहत् प्रदर्शन गर्न लागिएको नेता रावलले जानकारी दिनुभयो । प्रचण्ड–नेपाल समूहले धनगढीमा हुने शक्ति प्रदर्शनमा ५० हजार कार्यकर्ता सहभागी हुने दावी गरेको छ ।

यसअघि हिजो विराटनगरमा शक्ति प्रदर्शन गरेको प्रचण्ड नेपाल समूहले बिहीबार बुटवलमा शक्ति प्रदर्शन गरेको थियो । आज धनगढीमा प्रदर्शन सकेपछि शक्ति प्रदर्शन कार्यक्रम काठमाडौँ केन्द्रित गर्ने यो समूहको तयारी छ ।

माघ २८ गते एक लाखभन्दा धेरै कार्यकर्ता उतारेर काठमाडौँमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध शक्ति प्रदर्शन गर्ने नेकपा प्रचण्ड नेपाल समूहले दावी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्