Main News
संसद विघटन मुद्दामा अदालतबारे बोल्नु हुँदैन भन्नेहरु कायर हुन्ः नेता थापा (भिडियो रिपोर्टसहित)
२०७७ माघ १६ गते १८:५६

१६ माघ २०७७ काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले संसद विघटनको मुद्दामा अदालतका बारेमा बोल्न हुँदैन भन्नेहरु कायर भएको टिप्पणी गर्नुभएको छ ।
काठमाडौंमा भएको कार्यक्रममा बोल्दै थापाले आफ्नै पार्टीका सभापति शेरबहादुर देउवासहित अहिले बोल्नु हुँदैन भन्नेहरुका बारेमा कडा टिप्पणी गर्नुभएको हो । न्यायको हत्या हुन नदिन र संसद पुनर्स्थापनका लागि पनि बोल्नुपर्ने थापाको तर्क छ ।
थापाले संसद विघटन गलत भन्दै न्यायको पक्षमा कि अन्यायको पक्षमा भन्ने प्रश्न खडा भएको बताउनुभयो ।
थापाले संसद पुनर्स्थापनाका लागि दबाब सिर्जना गर्नुपर्नेमा जोड दिँदै आउनुभएको छ ।
प्रतिक्रिया