Main News
निर्वाचन आयोगबाट आफ्नो समूहले आधिकारिकता पाएको ओली पक्षको दाबी (भिडियो रिपोर्टसहित)
२०७७ माघ १६ गते १५:०६
१६ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहले निर्वाचन आयोगबाट आफ्नो समूहले आधिकारिकता पाएको दाबी गरेको छ ।
आयोगसँगको छलफलपछि पत्रकारसँग ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले आयोगले आधिकारिकताका विषयमा निर्णय गरेको र आफ्नो समूहले पाएको दावी गर्नुभयो ।
निर्वाचन आयोगले यसबारे आधिकारिक धारणा सार्वजनिक गर्न बाँकी रहेकै अवस्थामा ओली समूहले आफ्नो समूह नै आधिकारिक रहेको दावी गरेको हो ।
आयोगसँगको छलफलमा ओली समूहले दल दर्ता प्रक्रिया अघि बढाउन पनि आग्रह गरेको छ । अब दल दर्ता प्रक्रिया अघि बढ्ने र चुनावबाटै सबै कुराको छिनाफानो हुने नेम्वाङको दाबी छ ।
दल दर्ता प्रक्रियाका विषयमा छलफल गर्न आयोगले नेकपाका दुवै समूहलाई बोलाए पनि प्रचण्ड–नेपाल समूह सहभागी भएन ।
प्रतिक्रिया