Main News

नेकपाका दुवै पक्षसँग छलफल गर्दै निर्वाचन आयोग

हिमालय टिभी
२०७७ माघ १६ गते ७:२८

१६ माघ २०७७ काठमाडौं । निर्वाचन आयोगले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै पक्षसँग छलफल गर्दैछ ।

दुवै समूहका अध्यक्ष आफैं वा आफूले तोकेका आधिकारिक ५ जना व्यक्तिलाई आयोगले बिहान साढे ११ बजे बोलाएको हो । आयोजका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार दुवै पक्षलाई निर्वाचन प्रयोजन र प्रक्रियाका लागि बोलाइएको हो ।

सरकारले आगामी वैशाख १७ र २७ निर्वाचनको मिति तोकेपछि आयोगले दल दर्ता प्रक्रिया चाँडै नै शुरु गर्ने बताएको छ । नेकपाको विवाद निरुपण र विभाजन सम्बन्धमा आयोगमा छलफल हुने बताइएको छ ।

यसअघि नेकपाका दुई पक्षले अलग–अलग ढंगले पार्टीमा गरेको फेरबदललाई निर्वाचन आयोगले अस्वीकार गरिसकेको छ । दलको विधानलाई आधार मानेर सोधिएका सवालमा दुवै पक्षले दिएको जवाफप्रति आयोग सन्तुष्ट हुन सकेको छैन ।

आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार दुवै पक्षले विवरण हेरफेरका लागि गरेको आग्रहलाई अस्वीकार गरेको जानकारी दुवै पक्षलाई पठाइ सकेको छ ।

विवाद बढेपछि दुवै पक्षले अलग–अलग ढंगले केन्द्रीय समितिको बैठक बसेर गरेका निर्णयहरू आयोगले स्वीकार नगरेपछि नेकपा औपचारिक रूपमा फुटेको मानिएको छैन ।

तर नेकपाका दुवै पक्षले दलको आधिकारिकता सम्बन्धी माग दाबीमा प्रवेश नगरी पार्टीमा गरिएको हेरफेर अद्यावधिक गरिदिन आयोगमाथि दबाब दिँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *